नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले उकालो लागेर दुई हजार ९७ दशमलव शून्य नौ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव १५ मा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ । कुल ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता शेयर दुई अर्ब ३७ ६४ लाख २७ हजार पाँच सय ७३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १९ करोड १३ लाख ११ हजार तीन सय ७२ रूपैयाँ बराबरको कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स १ करोड ६९ लाख ४५ हजार, माउण्टेन इनर्जी नेपाल नौ करोड ८४ लाख ९१ हजार नौ सय ८०, हिमालयन एभरेष्ट इन्स्योरेन्स सात करोड ६२ लाख ७४ हजार आठ सय पाँच र एशियन लाइफ इन्स्योरेन्स सात करोड ५९ लाख ९८ हजार आठ सय ८१ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सनराइज फोकस्ड इक्विटी फण्ड १०, एनआइबीएल नौ दशमलव ९२, सानिमा ग्रोथ फण्ड नौ दशमलब ९०, सिटिजन म्युचुअल फण्ड नौ दशमलव ८३ र माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताले नौ दशमलव ४१ प्रतिशतले कमाएका छन् ।

यस्तै लिवर्टी इनर्जी पाँच दशमलव ९६, मकर जितुमाया सुरी हाइड्रोपावर पाँच दशमलव ८३, मञ्जुश्री फाइनान्स तीन दशमलव ९४, हिमालयन हाइड्रोपावर तीन दशमलव ८६ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले तीन दशमलव ७१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर