जंगली च्याउ खाँदा रोल्पामा आमा र दुई छोराको मृत्यु

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका-५, काला पोखराकी ३३ वर्षीया भीमा गुरूङ र उनका छोराहरू ११ वर्षीय सुशील गुरूङ तथा छ वर्षीय प्रेम गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएकाे छ।

जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर