ट्विटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको एलन मस्कको भनाइ

एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताएका छन्।
मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै साे कुरा बताएका हुन्।

‘विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको गिरावट र भारी ऋणभारका कारण हामी अझै पनि नकारात्मक नगद प्रवाहमा छौं,’ अरबपति मस्कले शनिबार ट्वीटमार्फत् भनेका छन्।

‘हामीसँग अरू कुनै पनि चीजको विलासिता हुनुभन्दा पहिले सकारात्मक नगद प्रवाहमा पुग्न आवश्यक छ,’ उनले भने।

‘इन्साइडर इन्टेलिजेन्स’ का अनुसार ट्विटरले सन् २०२३ मा तीन अर्ब डलरभन्दा कम आम्दानी गर्ने अनुमान गरिएको छ, जुन सन् २०२२ को तुलनामा एक तिहाइ कम हो।

मस्कले ट्विटरमा कब्जा जमाएपछि गरेका परिवर्तनहरूले प्रयोगकर्ता र विज्ञापनदाताहरू रूष्ट छन्।

मस्कले तथ्याङ्क चोरीको चरम स्तरलाई सम्बोधन गर्न भन्दै यस महिनाको सुरूमा ट्विटरको प्रमाणित अकाउन्टहरूबाट एक दिनमा १० हजार ट्वीटहरू पढ्नका लागि सीमित अनुमति दिने घोषणा गरेका थिए।

उनले निः शुल्क खाताहरू जुन अधिकांश प्रयोगकर्ताहरूले बनाउँदछन् ती गैरस्थापित प्रयोगकर्ताहरूले प्रतिदिन एक हजार ट्वीटहरू मात्र पढ्न सक्ने सीमित प्रावधान ल्याउने र नयाँ अपुष्ट अकाउन्ट भएका प्रयोगकर्ताले ५०० ट्वीटहरू मात्र पढ्न सक्ने गरी सीमित गरिएको घोषणा गरेका थिए।

ट्विटरको प्रतिद्वन्द्वीको रूपमा फेसबुकको अभिभावक मेटाले सुरू गरेको एप थ्रेड्सले पहिलो पाँच दिनमा १० करोडभन्दा बढी प्रयोगकर्ता दर्ता गरेपछि यो परिवर्तन आएको हो।

यस वर्षको सुरूमा ‘ओपन एआई’ ले बनाएको कृतिम बौद्धिकता (एआई) एप च्याटजीपीटीलाई सक्रिय प्रयोगकर्ताको सङ्ख्यासम्म पुग्न दुई महिना लागेको थियो।

केही अनुमानका अनुसार थ्रेड्स अब १५ करोड प्रयोगकर्ताहरूमा पुगेको छ। जसमा भारतीय प्रयोगकर्ता सबैभन्दा धरै छन्। इन्स्टाग्रामको लिङ्कले यसलाई दुई अर्बभन्दा बढी प्रयोगकर्ताहरूको पहुँचमा पुर्‍याएको ।

ट्विटरका करिब २० करोड नियमित प्रयोगकर्ता रहेको अनुमान गरिएको छ तर मस्कले प्लेटफर्म किनेर कैयाैं कर्मचारीलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलताको सामना गर्नुपरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर