स्वचालित मूल्य प्रणाली लागू, घट्यो पेट्रोल, डिजेल र ग्यासको भाउ

सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ। नेपाल आयल निगम सञ्चालक समितिले आइतबार मध्यरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको हो।

यससँगै निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ भने खाना पकाउने एलपी ग्यासको मूल्यमा भने नाफा राख्ने छैन।

निगमका अनुसार यस पटक पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। पेट्रोल लिटरमा ६ रूपैयाँ, डिजेल र मट्टितेलमा समान ४/४ रूपैयाँ मूल्य घट्नेछ भने एलपीजी ग्यासमा प्रतिसिलिण्डर १० रूपैयाँ घट्नेछ।

हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन। यो निगम सञ्चालक समितिले तोकेअनुसार हुने निगमका एक अधिकारीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर