शरणार्थी प्रकरणमा १५ लाख धरौटीमा रिहाकाे आदेशलगत्तै ललिता निवास प्रकरणमा पक्राउ परे तुलाधर

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त केशव तुलाधरको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्नता देखिएको छ।

शरणार्थी प्रकरणमा आइतबार १५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पुनः पक्राउ गरेको छ।

धरौटी बुझाइसकेका उनलाई सीआईबीले ललिता निवास प्रकरणमा पनि संलग्नता देखिएको भन्दै अदालतबाटै पक्राउ गरेकाे हाे।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार ललिता निवास प्रकरणमा तुलाधरले बिचौलियाको भूमिका खेलेका थिए।

काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २८ गते पक्राउ गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरूद्ध पनि मुद्दा दायर भए पनि फरार रहँदै आएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर