लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव पक्राउ

बैंकिङ कसुर आरोपमा लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्।

उनीविरूद्ध रूपन्देही जिल्ला अदालतमा चेक बाउन्सकाे मुद्दा दर्ता छ। मुद्दा दर्तापछि पक्राउ पुर्जी जारी भएका उनलाई बाँकेको डुडुवा गाउँपालिका-१, होलियाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ।

गत माघ १० मा रूपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रूपैयाँको बैंक अफ काठमाण्डूको चेक बाउन्स भएपछि नेकपा (एमाले) का नेतासमेत रहेका यादवविरूद्ध मुद्दा दर्ता भएको थियो।

नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरू गरेका यादवले दलले टिकट नदिएपछि पार्टी परिवर्तन गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरी बाँके क्षेत्र नं. २ क बाट प्रदेशसभा चुनाव लडेका उनी निर्वाचित भई मन्त्रीसमेत बनेका थिए।

तत्कालीन शंकर पोखरेल नेतृत्वको एमाले सरकारमा पार्टीको निर्णयविपरीत सहभागी भएको भन्दै उनलाई जसपाले कारबाही गरेको थियो।

२०७९ सालको निर्वाचनमा भने एमाले प्रवेश गरी उम्मेदवार बने पनि निर्वाचनमा उनी पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर