ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका अभियुक्तहरूले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

रिटमा सुनुवाइका लागि सोमबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ।

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले भने आफूहरूलाई गैरकानूनी रूपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका उनीहरूले आफूहरूलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै सो रिट निवेदन दर्ता गरेका हुन्।

यस्तै प्रहरी प्रधान कार्यालयले दर्ता गरेको भ्याकेट पनि सोही इजलासमा सुनुवाइ हुने भएको छ । ललिता निवास प्रकरणमा केही प्रतिवादीले अग्रिम जमानत लिएका कारण प्रहरीले त्यसविरूद्ध भ्याकेट दर्ता गराएको हो।

यसअघि आइतबार पनि यी मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइएको भन्दै इजलासले प्रतिवादीहरूलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *