
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरू


फाइल तस्बिर।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरू भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुने बताइएको छ।
पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुनेछ। बैठक मङ्गलबारसम्म चल्ने सो पार्टीले जनाएको छ।
प्रतिक्रिया