वीर अस्पताल र ट्रमा सेन्टरमा अब बिहान ८ बजेदेखि ओपीडी सेवा

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपीडी) बिहान ८ बजेदेखि सुरू भएको छ। यसअघि बिहान ९ बजेदेखि ओपीडी सेवा सञ्चालन हुँदै आएको थियो।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपीडी सेवा बिहान ८ बजेदेखि सुरू गरिएको जानकारी दिए। दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २:३० बजेसम्म निर्धारण गरिएको उनले बताए।

वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ। अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपीडी सेवा लिइरहेका छन्।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले बिहान ८:१५ बजेदेखि ओपीडी सेवा सुरू गरिएको जानकारी दिए। उनका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपिडी सेवा सुरू गरिएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपीडी सेवा सुरू गर्ने निर्णण गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *