सार्वजनिक यातायातको भाडा घट्यो

सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ। नेपाल आयाल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडासमेत समायोजन गरेको हो।

यात्रुवाहक सवारी साधनको भाडा २.१३ प्रतिशत र मालवाहक सवारी साधनको भाडा पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले घटाइएको छ।

करिब ९ वर्षपछि पेट्रोलियम पदार्थमा स्वचालित प्रणालीमा गएको निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलमा ४ र पेट्रोलमा ६ रूपैयाँ प्रतिलिटर भाडा घटाएको छ।

हेर्नुहोस् घटेको भाडादर :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर