ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’ मा

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चार जनाले दर्ता गराएको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ थालिएको रिटमा सोमबार सुनुवाइ नसकिएको हो।

अब मंगलबार पनि यही इजलासमा निरन्तर सुनुवाइ हुनेछ। रिट निवेदकका तर्फबाट बहस गर्ने धेरै भएपछि सोमबार सुनुवाइ नसकिएको हो।

असार १२ गते पक्राउ परेका मीनबहादुर गुरूङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतमले असार १३ गते रिहाइको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

यस्तै सचिव कृष्णबहादुर राउतले पक्राउ परेको तीन दिनपछि असार २७ गते रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनीहरूले रिहाइको माग गरिरहँदा प्रहरी प्रधान कार्यालयले भने पहिल्यै सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज गर्न माग गरेको छ।

सर्वोच्चले प्रतिवादी मध्येका १७ जनालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेपछि प्रहरी प्रधान कार्यालयले उक्त आदेश खारेज गर्न माग गरेको छ।

पक्राउ नगर्न माग गर्दै निवेदन दिएका टीकाराम घिमिरेसहितको रिट पनि साथै राखिएको छ।

मंगलबार अदालतले अब एक साथ आदेश सुनाउने सम्भावना छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *