एमसीसी र बीआरआईले नेपाल गम्भीर भूराजनीतिक संकटमा फस्दैछ : राम कार्की

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र चिनियाँ राष्ट्रपति सी चिनपिङको विवादित अवधारणा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपालको हितमा नरहेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालय र एशियाली अनुसन्धान केन्द्र (सिनास) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले नेपाल भूराजनीतिक चपेटामा फस्दै गएको उल्लेख गर्दै त्यसबाट मुक्त हुने खालको परराष्ट्र नीति बनाउने काममा पहलकदमी लिन परराष्ट्रविद्हरूलाई आग्रहसमेत गरे।

उनले एमसीसी, बीआरआईजस्ता परियोजनाले पार्ने असरबारे नेपाल सचेत हुनुपर्नेमा जोड दिए। उनले यसबारे स्पष्ट हुन व्यापक छलफल तथा विमर्शको आवश्यकता रहेको औंल्याए।

नेपालमा एमसीसी कार्यान्वयनको चरणमा रहेको छ भने बीआरआईअन्तर्गतका कुनै पनि परियोजना हालसम्म अघि बढेका छैनन्।

यद्यपि अमेरिकाले एमसीसी छिटो कार्यान्वयनका लागि दबाब दिइरहेको छ भने अर्कातिर चीनले कार्यान्वयन नै नभएको बीआरआई ऋण अनुदानमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडेर सोही परियोजनाअन्तर्गत विमानस्थल निर्माण भएको बताइरहेको छ।

यसलाई दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनले आफ्नो स्वार्थका लागि यी परियोजना नेपालमा कार्यान्वयनमा दबाब सिर्जना गरेकाे बुझ्न सकिने कूटनीतिक क्षेत्रका जानकार बताउँछन्। यसबाट नेपाल शक्ति राष्ट्रकाे भूराजनीतक चंगुलमा फस्न सक्ने खतरा रहेकाे विश्लेषण उनीहरूकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर