
यी ६९ दललाई निर्वाचन आयोगको कारबाही (सूचीसहित)


निर्वाचन आयोगले लेखापरीक्षण नगराएका ६९ वटा राजनीतिक दललाई जरिवाना गर्ने निर्णय गरेको छ।
आयोगको साउन १ मा बसेको बैठकले ती दलहरूलाई ७ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले भने बमोजिम तर समय घर्किएपछि लेखा परीक्षण गराएका १२ वटा दललाई सचेत मात्रै गराउने निर्णय गरेको छ।
आयोगले सोधेको स्पष्टीकरण बेलैमा नबुझाउने ११ वटा दलहरूलाई जनही २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले जनाएका छन्।
समयमै लेखापरीक्षण गराएर आयोगलाई जानकारी गराएका ४३ वटा दल जरिवानाबाट जोगिएका छन्।
हेर्नुहाेस कारबाहीमा परेका दलहरुकाे सूची:
प्रतिक्रिया