
मानबहादुर श्रेष्ठ बने राष्ट्रिय भलिबल टोलीको कप्तान


राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन्।
नेपाल भलिबल संघले श्रेष्ठलाई नयाँ कप्तान नियुक्त गरेको हो। संघको सोमबार बसेको कार्यकारिणी समितिको बैठकले उनलाई कप्तान नियुक्त गरेको हो ।
यसअघि हरिहजुर थापा राष्ट्रिय भलिबल टोलीका कप्तान थिए। भलिबल संघले उनलाई असार ३१ मा कप्तानबाट हटाएको थियो। उनी गत महीना मात्रै कप्तान नियुक्त भएका थिए।
प्रधानमन्त्री कप महिला तथा पुरुष एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान विवाद भएको थियो। त्यसमा थापा दर्शकसँग आक्रोसित भएका थिए। उनले आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै संघले कारबााही गरेको थियो।
प्रतिक्रिया