
एक वर्षमा ७ लाख सदस्य थप्ने लक्ष्यसहित कांग्रेसले अभियान चलाउने

नेपाली कांग्रेसले आगामी एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्य राखेको छ। यसका लागि कांग्रेसले ‘घरघर जाऔँ पार्टी सदस्य बनाऔँ’ भन्ने अभियान सुरू गर्ने प्रस्ताव ल्याएको छ।
पार्टीको केन्द्रीय कार्यालय, सानेपामा मंगलबार सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गरेका हुन्। महामन्त्री थापाले आगामी ३१ असार २०८१ सम्म अभियान सञ्चालन गरेर ५ देखि ७ लाख सदस्य थप्ने प्रस्ताव पेस गरेका हुन्।
‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ,’ महामन्त्री थापाले केन्द्रीय समितिको बैठकमा भने।
प्रतिक्रिया