शंकास्पद बिलबिजकसहित १ करोड ४३ लाख बढीको सामान बोकेको ट्रक र पिकअप प्रहरी नियन्त्रणमा

पर्सा प्रहरीले बिलबिजक शंकास्पद देखिएपछि १ करोड ४३ लाख रूपैयाँ बढीको हार्डवेयरका सामान तथा लत्ताकपडाहरू बोकेको मालवाहक ट्रक र पिकअप नियन्त्रणमा लिएको छ।

वीरगञ्जबाट काठमाडौं तथा बुटवलतर्फ जाँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले साेमबार वीरगञ्ज महानगरपालिका वडा नं. १५ गण्डकस्थित सडकखण्डबाट ट्रक र पिकअप नियन्त्रणमा लिएको हो।

ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३-०१-०२२ च ३५५५ नम्बरको पिकअप गाडी रोकेर जाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी मालवस्तुहरू लोड रहेको तथा सोको बिलबिजक शंकास्पद देखिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार अन्दाजी १ करोड ४३ लाख ६४ हजार २२ रूपैयाँ मूल्य बराबरका सामानको बिलबिजक शंकास्पद देखिएको हो।

ट्रक, पिकअप र सोभित्र लोड रहेका लत्ताकपडा नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *