प्रहरी महानिरीक्षकबाट पुरस्कृत हुने  यी हुन् एआईजीदेखि कार्यालय सहयोगीसम्म २४ अधिकारी 

प्रहरी महानिरीक्षक वषन्तबहादुर कुँवरले संगठनमा उत्कृष्ट कार्यगर्ने एकजना अतिरिक्त महानिरीक्षक, नायब महानिरीक्षक, तीनजना वरिष्ठ उपरीक्षक, पाँचजना प्रहरी उपरीक्षक र तीनजना नायब निरीक्षकसहित २४ जना प्रहरी अधिकृत, जुनियर अधिकृत र जवान तथा कार्यालय सहयोगीलाई रेकर्डमा जनिनेगरि पुरस्कृत गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले प्रहरी प्रधान कार्यालय तथा मातहतका जिल्लाहरुमा कार्यरत रही उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरेको हो ।

प्रहरी महानिरीक्षकबाट पुरस्कृत हुनेहरुमा एआईजी मीरा चौधरी र डीआईजी बुद्धिराज गुरुङ सबैभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी हुन् । चौधरीलाई २ हजार ५ सय र डीआईजी गुरुङलाई २ हजार ४ सय नगद पुरस्कार प्रदान गरिएको छ । प्रहरी नियमावली अनुसार यो पुरस्कार प्रहरी किताबखानामा रेकर्डमा रहनेगरि गरिने उत्कृष्ट पुरस्कार हो ।

यस्तै भुटानी शरणार्थी, जघन्य हत्या, सट्टा तथा नक्कली नागरिकताको जरो उखेल्न सफल अनुसन्धानगर्ने एसपीद्वय डा मनोजकुमार केसी र दानबहादुर कार्की तथा दिनेश आचार्य पुरस्कृत भएका छन् । केसी उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, कार्की काठमाडौं प्रहरी प्रमुख र आचार्य केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहेका छन् ।

यस्तै विभिन्न जिल्लाको सफल कमाण्ड गरिरहेका एसपीहरु दिलिप घिमिरे, नरेशराज सुवेदी, रामेश्वर कार्की, देवेन्द्रबहादुर पाल र सन्तोष खड्का समेत नगद पुरस्कार पाउने प्रहरी अधिकृत हुन् । डीएसपीहरू अञ्जना श्रेष्ठ, जयश्वर रिमाल, प्रदीन ताम्राकारले पनि नगदबाट पुरस्कृत भएका छन् ।

यस्तै नगदसहित पुरस्कार पाउनेहरूमा प्रहरी निरीक्षकहरू कृष्णबहादुर कुँवर, प्रहरी नायब निरीक्षक दीव्यराज मोक्तान, प्रहरी सहायक निरीक्षक रोशनआंगा श्रेष्ठ छन् ।

प्रहरी वरिष्ठ हवल्दार सरोज गिरी अथित, प्रहरी सहायक हवल्दार मनीष लामा, प्रहरी सहायक हवल्दार विकास बिक, प्रहरी सहायक हवल्दार सुशीला लामा, प्रहरी सहायक हवल्दार दीपकसिंह खत्री, प्रहरी कार्यालय सहयोगीहरु पुरुषोत्तम नेपाल, धिरेन्द्रकुमार मण्डल र दीपक खड्का समेत पुरस्कृत भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर