सिनामंगलमा शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ ।

सिनामंगल पुलनजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको शटरअगाडि शंकास्पद वस्तु फेला परेको हो।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ।

पर्चामा लेखिएको छ, ‘ ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्, तपाईंको सहयोगले हाम्रो देश र जनतालाई ठूलो प्रगति हुनेछ भन्ने आश हो। यहाँ आरडीएक्स बारूदको बम राखिएको छ, सावधान रहनुहोला।’

उक्त शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *