सिनामंगलमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज, एक जना पक्राउ

काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार सेनाको बम डिस्पोजल टोलीले सो वस्तु निष्क्रिय पारेको हो र त्यो बम नभएको पाइएको छ।

नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको भण्डारीले जानकारी दिए। उक्त वस्तु राख्नेले पर्चामा आरडीएक्स बम भएको लेखेका थिए।

सिनामंगल पुलनजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको शटरअगाडि शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ।

पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्, तपाईंको सहयोगले हाम्रो देश र जनतालाई ठूलो प्रगति हुनेछ भन्ने आश हो। यहाँ आरडीएक्स बारूदको बम राखिएको छ, सावधान रहनुहोला।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर