एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्।

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रूपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गएराति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

टोलीमा अध्यक्ष ओलीसँगै उनकी पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन्। उनीहरू यही साउन ८ गते स्वदेश फर्कनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *