साँगामा यात्रुवाहक बस भीरबाट खस्दा सात जना घाइते

काभ्रेको धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस भक्तपुरको साँगामा भीरबाट खसेको छ।

बा ४ ख ९३९६ नम्बरको यात्रुवाहक बस काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बुधबार दिउँसो अरनिको राजमार्गबाट तल खोँचमा खसेको हो।

उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन्।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर