सुनको मूल्य हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो।

बुधबार सुन प्रतितोला १ लाख १३ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला ५ सय रूपैयाँले मूल्य बढेको हो।

यसअघि १८ जेठमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। उक्त दिन १ लाख १३ हजार ३ सय रूपैयाँ प्रतितोला पुगेको थियो।

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५० रूपैयाँ तोकिएको छ।

चाँदीको कारोबार आज १४ सय ९५ रूपैयाँ प्रतितोलामा भइरहेको छ। बुधबार १४ सय ९० रूपैयाँ प्रतितोला चाँदीको कारोबार भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *