अवैध रूपमा दुबई लैजान लागेको विदेशी मुद्रासहित विमानस्थलबाट चार जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित चार जना पक्राउ परेका छन्।

अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित रूपन्देहीको तिलोत्तमा नगरपालिका-९ घर भएका २४ वर्षीय अनिस थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो।

हिमालयन एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बीचमा लुकाएर लैजान लागेको अवस्थामा उक्त विदेशी मुद्रा फेला परेको हो।

थप अनुसन्धान एवं सोधपुछका क्रममा मुद्राहरू तिलोत्तमा नगरपालिका-९ घर भएका ३८ वर्षीय दिपेश रानालगायतका व्यक्तिहरूले दिएको भन्ने खुल्न आएपछि दिपेश रानासहित तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश-०१-०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त, गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर