प्रधानमन्त्रीसँग कतारी राजदूतको बिदाइ भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल-हइलले बिदाइ भेट गरेका छन्।

नेपालमा राजदूतका रूपमा आफ्नो कार्यकाल सकेर स्वदेश फिर्ता हुन लागेका कतारी राजदूतले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग बिदाइ भेट गरेका हुन्।

भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *