फिफा वरीयतामा नेपाल यथास्थानमा

विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ फुटबल एसोसिएशन (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल पहिलेकै स्थानमा यथावत छ। फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औंँ स्थानमा छ।

नयाँ वरीयता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औंँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा छ । नेपालपछि भुटान १८५औँ, बङ्गलादेश १८९औंँ, पाकिस्तान २०१औंँ, र श्रीलङ्का २०४औँ स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन् ।

यसैगरी क्रोसिया छैटाैँ, नेदरल्याण्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवाँै तथा स्पेन दशाैँ स्थानमा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर