सुन तस्करी प्रकरण : भाग्न लाग्दा विमानस्थलबाट पक्राउ परे चिनियाँ नागरिक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति बरामद सुन तस्करी प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको प्रहरीले जनाएको छ। उनी नेपाल छाडेर जान लाग्दा विमानस्थलबाट पक्राउ परेका हुन्।

यस प्रकरणमा यसअघि एजेन्टसहित ६ जना पक्राउ परिसकेका छन्।

बरामद सुन बट्टा (ब्रेक शु) सहित जोख्दा १५५ किलोग्राम तौल आएको राजस्व अनुसन्धान विभागका एक अधिकारीले बताए।

सुन नाँपजाँचका लागि टक्सार महाशाखा लगिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर