सुन तस्करीमा पक्राउ परेकाहरूलाई १० दिन थुनामा राख्न अनुमति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ।

पक्राउ परेकाहरूलाई पहिलो पटक १० दिन हिरासतमा राख्ने अनुमति दिइएको हो। पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ।

राजस्व स्रोतका अनुसार सुन ओसारपसारमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलीप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरूण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङलगायतलाई नियन्त्रणमा लिइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *