एसएसपी मनोज केसीको पुस्तकले नेपाल प्रहरीको कामकारबाही र कार्यशैली बुझाउँछ

नेपाल प्रहरीको कामकारबाही र कार्यशैलीमा आधारित पुस्तक ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल’ विमोचन भएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसी (पीएचडी) द्वारा नेपालको पुलिसिङ शैलीमाथि लिखित पुस्तक शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा विमोचन गरिएको हो।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष बालानन्द शर्मा, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सेन्टर अफ पिस एण्ड कन्फिल्क्ट स्टडिजका अध्यक्ष डा. एमममा लेस्लीले पुस्तक विमोचन गरका थिए।

समारोहमा बोल्दै नेपाली सेनाका अवकाशप्राप्त रथीसमेत रहेका शर्माले डा. केसीले लेखेको पुस्तक सम्भवतः नेपालको पुलिसिङ शैलीमाथि लेखिएको पहिलो पुस्तक भएको बताए।

‘यो व्यक्तिगत रूपमा डा. केसीका लागि ठूलो सफलता त हो नै, संगठन र राष्ट्रका लागि पनि महत्वपूर्ण योगदान पुगेको छ,’ शर्माले भने, ‘पुस्तकमा केसीले द्वन्द्वपछिको परिस्थितिमा प्रहरीले आफ्नो ढाँचा र पुलिसिङमा कसरी परिवर्तन ल्याउने भन्ने विषयमा पनि सूक्ष्म विश्लेषण गरेका छन्।’

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवामा रहेकै बेला बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा पनि योगदान दिनका लागि समय निकालेको भन्दै केसीको प्रशंसा गरे।

आमजनताको बुझाइमा प्रहरी भनेको अझै पनि फिल्डमा गएर ढाल, डन्डा, लठ्ठी र बन्दुक बोकेर खट्ने संगठन भन्ने रहेको भन्दै उनले भने, ‘यस पुस्तकले त्यो बुझाइ परिवर्तन गराउन भूमिका खेल्नेछ भन्ने विश्वास छ।’

यो पुस्तक नेपाल प्रहरीका लागि मात्र नभई अन्य मुलुकका सुरक्षा संगठनका लागि पनि सन्दर्भ सामग्री भएको कुँवरले बताए।

तथ्यांक संकलन र अनुसन्धान गरेर पुस्तक लेखेको भन्दै शान्ति तथा द्वन्द अध्ययन केन्द्र कम्बोडियाकी अध्यक्ष डा. ईम्मा लेस्लीले केसीलाई धन्यवाद दिइन्।

एसएसपी केसी विगत २५ वर्षदेखि नेपाल प्रहरीसँग आबद्ध छन्। उनीसहितका अधिकृतहरूको नेतृत्वमा नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धान अघि बढेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर