उठ्न थाल्याे उपत्यकाकाे फोहोर

काठमाडौं महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन गर्न थालेको छ।

नुवाकोटको सिसडोलका बासिन्दाले केही दिन अघि फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए।

यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा फालिएको फोहोर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए।

केही दिन अघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि हिजोदेखि निर्वाधरूपमा फोहोर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले राससलाई जानकारी दिए। उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर पुर्‍याउन थालेको छ।

शुक्रबारदेखि फोहोर बोकेका महानगरका गाडी ल्यान्डफिल साइट पुग्न थालेपछि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएका फोहोर एक/दुईभित्रै उठाइसक्ने उनको भनाइ छ। फोहोर बोकेका गाडीलाई ल्याण्डफिल साइटसम्म पुर्‍याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *