सुनसरीकाे इनरूवामा बीपीको सालिक अनावरण

बीपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरूवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरूवा-९, बबियामा बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन्।

इनरूवा नगरपालिकाको १५ लाख रूपैयाँको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरूवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर