नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ । शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ । कुमार नगरकोटीले लेखेकाे नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका छन् ।

एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्र ‘मायावी’ लाई तीन जना अभिनेत्रीले चित्रण गरेका छन् । सोमध्ये एक पात्रको भूमिकामा अभिनेत्री शिल्पा मास्केले निर्वाह गरेकी छन् । यो उनको पहिलो नाटक हो । अभिनेत्री मास्केले अभिनयलाई नजिकबाट बुझिरहेको बताइन् ।

‘नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्न पाउँदा उत्साहित छु । यो मेरो पहिलो अनुभव हो,’ अभिनेत्री मास्केले भने ।

नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सन राई र घिमिरे युवराजलगायत कलाकारले अभिनय गरेका छन् ।

त्यस्तै थापागाउँस्थित मण्डला नाटकघरमा असार ८ देखि मञ्चन भएको मनोवैज्ञानिक (साइकोलोजिकल थ्रिलर) विधामा बनेको ‘हिउँभन्दा चिसो’ नाटक यही साउन १४ गतेसम्म मञ्चन हुनेछ । सोमनाथ खनालले निर्देशन गरेकाे नाटकमा कलाकार भोलाराज सापकोटा मुख्य भूमिकामा छन् ।

‘चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत भएको हुँ । आज/भोलि भन्दै पाँच वर्ष बितिसकेछ । समय मिलाएर यसपटक नाटकमा अभिनय गरेको छु,’ अभिनेता सापकोटाले भने । यसमा रेणु योगी, र गोविन्द सुनारको लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर