धनुषाको दशगजा क्षेत्रमा भारतीय महिलाको गोली हानी हत्या

धनुषास्थित नेपाल भारत सीमाकाे दशगजा क्षेत्रमा एकजना भारतीय महिलाको गोली हानी हत्या भएको छ । घटना गएरातीको हो । यद्यपी ति महिलाको परिचय खुलेको छैन् । शव भारतीय प्रहरीले लगेको छ ।

धनुषा प्रहरीका अनुसार जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा क्षेत्रमा अज्ञात समुहको गोली प्रहारबाट ति महिलाको हत्या भएको हो ।

धनुषा प्रहरी प्रमुख एसपी विश्वराज खड्का सहितको टोली राती नै घटनास्थल पुगेको थियो । महिलाको शव भारततर्फ बढी रहेकाले भारतीय प्रहरीले आफुहरुले समन्वयमा अनुसन्धानमा गर्नेभन्दै शव लगेको थियो । एसपी खड्काका अनुसार नेपाली पक्षबाट पहिचान नखुलेको र मृतक महिलाले लगाएको घडीमा भारतीय समय रहेकाले उनी भारतीय महिला भएको आशंका गरिएको छ ।

‘हामी समेत अनुसन्धान गरिरहेका छौं, ‘ एसपी खड्काले पर्दाफाससँग भने, उनको पहिचाल खुलेपछि थप विवरण सार्वजनिक गर्नेछौं । ‘

प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर