महोत्तरीमा अज्ञात समूहद्वारा डीएसपीमाथि कुटपिट

एसपीको नेतृत्वमा छानबिन समिति

महोत्तरीमा एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) माथि अज्ञात समूहले कुटपिट गरेका छन्।

प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डीएसपी चन्देश्वर यादवमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार शुक्रबार राति १० बजेतिर जलेश्वर नगरपालिका-२, बसपार्कनजिक विद्यापति नगरमा डीएसपी यादव घाइते अवस्थामा फेला परेका थिए।

कुटपिटबाट दायाँ खुट्टा फ्य्राक्चर भएका डीएसपी यादवको अहिले काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ। जनकपुरबाट उनी त्यस रात जलेश्वर किन पुगे र उनीमाथि कसले र किन कुटपिट गरेको हो भन्ने खुलेको छैन।

घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। साे समितिले घटनाकाे अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *