मौद्रिक नीति सार्वजनिकसँगै शेयर बजारमा उत्साह, ६३ अंककाे वृद्धि

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजारमा उत्साह देखिएको छ।

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ बिन्दुमा उक्लिएको छ। यो २.९२ प्रतिशतको वृद्धि हो।

आइतबार सबै उपसूचकहरू हरियो देखिएका छन्। सबैभन्दा धेरै बैंक, विकास बैंक, व्यापार उपसूचकको मूल्य बढेको छ।

आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता शेयर किनबेच भएको छ। यसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रूपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार किसान लघुवित्त, चन्द्रागिरि हिल्स, लिवेर्टी इनर्जी, स्वरोजगार लघुवित्तसहितका धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भयो। ग्लोबल आईएमई बैंक, कालिञ्चोक दर्शन, विशाल बजार कम्पनी, प्रभु बैंकसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ।

एनआईबीए ग्रोथ फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ। नेपाल बैंक डिभेञ्चर, बीपीडब्लू लघुवित्तसहितका धितोपत्रका लगानीकर्ताले समेत धेरैले गुमाए। शिवम् सिमेन्ट, ज्योति विकास बैंक, ग्लोबल आईएमई बैंकसहितका धितोपत्रको धेरैले कारोबार भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *