सरकारले गर्‍याे २६ जना सहसचिवको सरूवा

सरकारले २६ जना सहसचिवको सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २६ जना सहसचिवको सरूवा गरेको हो।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरूवा भएको छ। यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरूवा भएको छ।

अर्यालको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीको सरूवा गरिएको छ। पोखरा महानगरपालिकामा कर्णाली प्रदेशका अर्थसचिव श्यामकृष्ण थापा सरूवा भएका छन्।

हेरौं सरूवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *