सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका छन्।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक अधिकृतसहित ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्स-रे अपरेटर सरोज श्रेष्ठ छन्।

यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रूकमिना सुब्बा पनि पक्राउ परेका हुन्।

यससँगै एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ पर्नेहरूको संख्या १६ पुुगेको छ।

राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार पक्राउ परेकाहरूलाई म्याद थपका लागि पठाइएको छ।

यसअघि विभागले १० जनालाई पक्राउ गरेको थियो, जसमा एक जना चिनियाँसमेत छन्।

गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो। सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो।

यो नेपालमा बरामद हालसम्मकै ठूलो परिमाणको तस्करीको सुन हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *