राष्ट्रपति पाैडेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन्।

तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सो अवसरमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेश चालिसेले जानकारी दिए।

भेटवार्तामा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।

युआन श्रीलङ्काको भ्रमण सम्पन्न गरी आइतबार नै काठमाडौं आइपुगेका हुन्।

सो अवसरमा नेपालका लागि चिनीयाँ राजदूत छेन सङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापालगायतको सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर