सडक निर्माणको बिल भुक्तानी गर्न ४ लाख घुस

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी गर्न सेवाग्राहीसँग चार लाख रूपैयाँ घुस लिने चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ, झापाका आयोजना व्यवस्थापक (सीडीई) हुतराज चौहान, इन्जिनियर धर्मेन्द्रकुमार झा, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेलविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो।

उनीहरूलाई सेवाग्राहीसँग लिएको घुसहित अख्तियारको टोलीले केही समयपहिले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलेमतोमा सडकको निर्माण कार्य सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *