एमाले अध्यक्ष ओलीले भेटे श्रीलंका र नाइजेरियाका पूर्वराष्ट्रपति

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आमनिर्वाचनमा पर्यवेक्षणका लागि त्यहाँ पुगेका अध्यक्ष ओलीले हिजो उनीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेको ओलीको सचिवालयले जनाएको छ। श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका हुन्।

यसअघि निर्वाचन पर्यवेक्षकका रूपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेका थिए। अध्यक्ष ओलीले आज कम्बोडियामा भएको निर्वाचनमा तीनवटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेका थिए।

यही साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडिया गएका ओली आज स्वदेश फर्कने कार्यक्रम छ। अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल कम्बोडिया गएका थिए।

अध्यक्ष ओली नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग कम्बोडियामा द्विपक्षीय भेटवार्ता गर्दै।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *