लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी, गहना पसल सञ्चालकसहित दुई जना पक्राउ

लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै दर्जनभन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनका गहना जबरजस्ती लिएर ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३, एकान्तकुना ठेगाना भएका ३० वर्षीय सम्राट, समीर, रागब भनिने राजु परियार र कृष्ण काठमाडौं महानगरपालिका–१४, कलंकी सुनारगाउँ ठेगाना भएका ज्वेलर्स एण्ड सन्सका सञ्चालक ३६ वर्षीय ब्रम्हा रिसाल रहेका छन्।

उनीहरूमध्ये राजुले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै उक्त रकम तथा सुन ठगी गरेको र ब्रम्हाले ठगी गरेको सुन खरिद गरेको खुलेको छ।

अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रहरीले राजुलाई ललितपुरको महालक्ष्मी नगरपालिका–७, लुभुबाट शनिबार पक्राउ गरेको हो।

यस्तै ब्रम्हा रिसाललाई काठमाडौंको कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको ११ ग्राम ६ सय ८० मिलिग्राम सुनसहित आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *