ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतका अनुसार नक्कली मोही बनेर जग्गा हिनामिनामा संलग्न देखिएकाले उनीहरूलाई पक्राउ गरिएको हो।

दुवै जना २०५९ र २०६७ सालमा मोही बनेको देखिएको ती अधिकृतले बताए।

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ। यसअघि निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलगायत २१ जना पक्राउ परेका थिए।

पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउत भने दुई साता हिरासत बसेर सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्। उनीमाथि थुनाबाहिर राखेर नै अनुसन्धान भइरहेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर