नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ ७ जना वरिष्ठ सई र १६ जना सईमा बढुवा सिफारिस

नेपाल प्रहरीमा प्राविधिक सूमहका विभिन्न उपसमूहमा रिक्त वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) र प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा सिफारिस भएको छ।

प्रहरी प्रधान कार्यालयले आइतबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची निकालेको हो।

जसअनुसार ७ जनाको वरिष्ठ सई र १६ जनाको सईमा बढुवा सिफारिस भएको छ।

इन्जिनियरिङ उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फ ६ जना तथा सोही उपसमूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फ १ जनाको वरिष्ठ सईमा बढुवा सिफारिस भएको छ।

यस्तै स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ १ जना, संगीत उपसमूहतर्फ ६ जना, केनकाइन उपसूहतर्फ ७ जना र इन्जिनियरिङ उपसमूह, मेकानिकल इन्जिनियरिङतर्फ २ जनाको सईमा बढुवा सिफारिस भएको छ।

हेराैं बढुवा सिफारिस सूची : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर