कांग्रेस सभापति देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

काठमाडौँमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशको द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन तीनदिने नेपाल भ्रमणका लागि आइतबारदेखि नेपालमा छन् । यसअघि उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर ख्डका, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *