सिद्धार्थ बैंक लगातार दोस्रो पटक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’ को अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड बैकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२२’ अवार्डबाट सम्मानित भएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘गोल्ड अवार्ड’ बैंकलाई प्रदान गरेको हो।

सिद्धार्थ बैंक गत वर्ष पनि ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२१’ अवार्डबाट सम्मानित भएको थियो।

उक्त अवार्ड काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गरेका थिए।

यस अवार्डले बैंकलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले बताएको छ।

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले दक्षिण एसियालीस्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १ सय ९६ वटा शाखा (५ एक्स्टेन्सन काउन्टरसहित), १ सय २३ शाखारहित बैंकिङ सेवा र २ सय २० एटीएममार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

साथै बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्त्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ सुविधाहरू सरल एवं ग्राहकमैत्री ढंगले प्रवाह गर्दै आएको छ।

‘सम्बन्ध सधैंभरिलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर