बागलुङमा मध्यराति होटलमा मृत भेटिए वरिष्ठ सई

बागलुङमा एक जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मध्यराति एक होटलमा मृत भेटिएका छन्।

इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ सई उज्ज्वल पौडेल मृत फेला परेका हुन्।

गएराति १२ बजे बडिगाड गाउँपालिका-६ स्थित आशा होटल एण्ड खाजा घरमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले पर्दाफासलाई जानकारी दिए।

उनका अनुसार होटलको भुइँ तलामा उत्तानो परेको अवस्थामा वरिष्ठ सई पौडेलको शव भेटिएको हो।

एसपी खड्काले वरिष्ठ सई पौडेल मृत भेटिएको बारे होटल सञ्चालकले स्थानीय जनप्रतिनिधिलाई राति १२ बजे खबर गरेको तर प्रहरीलाई भने यसबारे बिहानको राति २ बजे मात्र जानकारी प्राप्त भएको बताए।

अहिले प्रहरी टोली र मृतक वरिष्ठ सई पौडेलका आफन्त घटनास्थलमा रहेको र घटनाबारे होटल सञ्चालक तथा उनका छोरासँग सोधपुछ एवं थप अनुसन्धानकाे काम भइरहेको एसपी खड्काले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *