पहिरोका कारण विभिन्न ६ स्थानमा सडक अवरूद्ध

गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा नुवाकोट, प्युठान, पाल्पा, म्याग्दी, बैतडी र रोल्पा गरी ६ ठाउँमा मंगलबार बिहान सडक अवरोध भएको छ।

वर्षाका कारण सडक भासिएर नुवाकोट ककनी गाउँपालिका-१ ओखरपौवा गैरी टोलस्थित पासाङ ल्हामु राजमार्ग तथा पहिरो गएर प्युठान माण्डबी गाउँपालिका-१ गर्जेनिस्थित भालुबाङ प्युठान सडकखण्ड, पाल्पा तिनाउ गाउँपालिका-३ ड्याम साइट नजिकै सिद्धार्थ राजमार्ग तथा सोही गाउँपालिका-३ झुम्सा पानीमिल नजिकै सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ।

यस्तै म्याग्दी रघुगंगा गाउँपालिका-३ बैसरीस्थित बेनी जोमसोम सडक, बैतडी सिगास गाउँपालिका-९ स्थित जयपृथ्वी राजमार्ग खोड्पे बझाङ सडकखण्डको श्रीभावर भन्ने स्थान र रोल्पा थवाङ गाउँपालिका-२ गोलचौरस्थित शहीदमार्गमा सडक अवरोध भएको हो।

पहिरो गएका स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरूद्ध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *