वीरगञ्जमा शर्टगनको गोलीसहित भारतीय युवक पक्राउ

पर्साको वीरगञ्जमा शर्टगनको गोलीसहित एक जना भारतीय युवक पक्राउ परेका छन्।

भारतको विहार पश्चिमी चम्पारण जिल्ला वेतिया ग्राम लगुनाहा वडा नं. १४ का २२ वर्षीय मुरारी कुमार कुशवाहा पक्राउ परेका हुन्।

सोमबार वीरगञ्ज महानगरपालिका-१६, भानुचोकस्थित सडकखण्डमा शकांस्पद रूपमा हातमा झोला बोकी पैदल हिँडेर बसपार्कतर्फ जाँदै गरेका उनको प्रहरी चौकी, बसपार्कबाट खटिएको नियमित चेकिङ टोलीले खानतलासी लिएको थियो।

त्यस क्रममा उनको साथबाट १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको शर्टगनको गोली १५ राउण्ड, केएपफ १२ लेखिएको शर्टगनकै गोली ३ राउण्ड,१२ केएफ १२९६ लेखिएको १ राउण्ड गरी जम्मा १९ राउण्ड गोली फेला परेको हो।

पक्राउ परेका उनीविरूद्ध हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) निर्मल बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर