अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानूनी दायरामा ल्याएरै छाडिने बताएका छन्।

प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘ठूला, साना जो भए पनि दोषीलाई कानूनी दायरामा ल्याउँछौँ।’

तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।

त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनसुन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे। ‘जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन,’ उनले भने।

भ्रष्टाचारविरूद्धको अभियान पनि दृढताका साथ अघि बढाइने गृहमन्त्री श्रेष्ठले बताए। आम जनताको जीवनस्तरमा परिवर्तन हुने गरी सम्बृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको उनले बताए।

पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरूद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठले बताए।

विकास र समृृद्धिका सवालमासमेत सरकारले समिक्षा गरिरहेको उनले बताए। उनले भने, ‘अर्थतन्त्रका सवालमा केही समस्या थिए, त्यसलाई समाधान गर्दै अर्थतन्त्रलाई पनि लयमा ल्याउने काम भइरहेको छ।’

अर्थतन्त्रको गतिलाई तीव्र बनाएर विकासमा फड्को मार्नुपर्ने अहिलको आवश्यकता रहेको मन्त्री श्रेष्ठले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर