प्रधानमन्त्री दाहालसँग आईएफएडीका प्रमुखको भेटवार्ता

इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन्।

भेटवार्तामा उनीहरूबीच आईएफएडी र नेपालबीचको सम्बन्ध, आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो। नेपालका कृषि क्षेत्रमा आईएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन्।

आईएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ। नेपाल आईएफएडीको सदस्य मुलुक हो। सन् १९७८ मा नेपाल आइएफएडीको सदस्य बनेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर