सशस्त्र प्रहरीद्वारा नदीको बीच भागमा फसेका ५ जनाको उद्धार

एक्कासी बढी आई नदीको बीच भागमा फसेका ५ जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्धार गरेको छ ।

रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १३ र १४ को सिमानास्थित दानव नदीमा दाउरा खोज्न गएको बेला बाढी आई नदीको बीचमा भागमा मान्छे फसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस बुटवलबाट टोली खटिएको थियो ।

नदीको बीचमा फसेका सोही उपमहानगरपालिका–१४, कैलाशनगर बस्ने ४२ वर्षीय जनक घर्तीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही उपमहानगरपालिका–११, बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४ वर्षीय मीनमहादुर गाहालाई पनि सोही बेसबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

बुटवल उपमहानगरपालिका–२, पाखापानीमा बस्दै आएका गाहा तिनाउ नदीमा माछा मार्न गएका बेला एक्कासी पानीको बहाव बढ्न गई फसेका थिए ।
सोबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी परिचालित भई उनको सकुशल उद्धार गर्न सफल भएको हो ।

यसैगरी रूपन्देही जिल्लाको मायादेवी गाउँपालिका–३ बेथरीस्थित तिनाउ नदीमा दाउरा खोज्न गएका बेला नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही गाउँपालिका–६ का २६ वर्षीय अवदेश पाल, २० वर्षीय सुनिल पाल र सियारी गाउँपालिका–२ बस्ने अवदेशकुमार यादव नदीमा दाउरा खोज्न गएको बेला नदीको बहाव बढ्न गई नदीमा फसेका थिए ।

सोबारे जानकारी पाउनासाथै नम्बर २७ गण रूपन्देहीबाट टोली परिचालित भई उनीहरूको सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही जिल्लाको बुटवल उपमहानगरपालिका–११, टपमजुवास्थित तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित स्थानमा सारेको छ ।

नदीले घर कटान गरी केही भाग बगाएको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेस बुटवलबाट टोली खटिई गई घरको सरसमान सुरक्षित स्थानमा सारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर